• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १८, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ४ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १८, बुधबार
in
होमपेज / राजनीति
  • ६०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काठमाडौँ-४ मा गगन र राजनको भिडन्त

  • संदेश पत्र
  • २०७९ कार्तिक ११, शुक्रबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट काँग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुदै छ ।

    काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रको चर्चा सबै भन्दा बढी रहेको छ ।

    गगन थापाले चुनावपछि प्रधानमन्त्रीको दाबि गर्ने भनेका कारण र केपी ओली निकट नेता भट्टराई पनि एमाले सरकारमा आएमा मन्त्री बन्ने सम्भावना भएका नेता भएका कारण पनि यी दुई नेताको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

    डा. भट्टराई विघटित संविधानसभामा समानुपातिक कोटाबाट सभासद भएका थिए । उनी यसअघि ओली प्रधानमन्त्री हुदा परराष्ट्र सल्लहाकारको भूमिकामा थिए ।

    गगन थापाले भने यस क्षेत्रबाट दुई पटक जितेका छन् । गगन थापा पहिलो संबिधान सभामा समानुपातिक सांसद बनेका थिए भने दोस्रो संबिधान सभाको निर्वाचनमा यसै क्षेत्रबाट जितेका थिए भने गत आम निर्वाचनमा पनि उनले एमाले उम्मेदवार डा. भट्टराईलाई पराजित गरेर सांसद बनेका थिए ।

    त्यस्तै, ०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका थिए । उनले त्यसबेला २३ हजार ३३६ मत पाएका थिए । दोस्रा भएका एमालेका उम्मेदवार निर्मल कुइँकेलले ९ हजार १३५ मत पाएका थिए । यस्तै, तेस्रो भएका माओवादीका उम्मेदवार तथा हालका उपराष्ट्रपति नन्दकिशोर पुनले ६ हजार ४४२ मत पाएका थिए ।

    गत निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । देशभर काँग्रेसले प्रत्यक्षतर्फ केवल २३ सिट जित्दा गगन थापाले यस क्षेत्रबाट एमालेका डा. भट्टराईलाई ३ हजार ४१८ मत अन्तरले पराजित गरेका थिए । उनले गत निर्वाचनमा २१ हजार ५५८ मत ल्याएका थिए भने डा. राजन भट्टराईले १८ हजार १४० मत ल्याएका थिए ।

    यस पटक गगन थापा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् भने डा. राजन भट्टराई एमालेबाट उम्मेदवार बनेका छन् ।

    स्थानीय तह निर्वाचन परिणामको विश्लेषण

    काठमाडौं ४ नम्बर क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

    काठमाडौं महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ४ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले एक वडामा जित हासिल गरेको छ । यी ४ वटा वडामा काँग्रेसले पाएको कुल मत ७ हजार ८३ छ भने गठबन्धनको कुल मत ८ हजार ६४७ रहेको छ । त्यस्तै एमालेले यी चार वडामा ५ हजार ९२ मत पाएको छ ।

    त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने सबै ८ वटा वडै एमालेले जितेको छ । यी ८ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा कुल ११ हजार ४०५ मत ल्याएको छ भने यी ८ वडामा काँग्रेसले ८ हजार ६८० मत ल्याएको छ । त्यस्तै सत्ता गठबन्धनको यी ८ वडामा कुल मत १० हजार ३७४ रहेको छ ।

    काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने दुई स्थानीय तहका जम्मा १२ वटा वडामा एमालेले कुल १६ हजार ४९७ मत पाएको छ भने काँग्रेसले १५ हजार १६५ मत पाएको छ ।

    त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा १८ हजार ४२३ हुन आउछ ।

    यसरी हेर्दा काठमाडौँ-४ का कुल १२ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन करिब २ हजार मतले अगाडी देखिएको छ । गठबन्धनको १६ हजार ४२३ मत छ भने एमालेको १६ हजार ४९७ मत रहेको छ ।

    उम्मेदवार

    यस निर्वाचनमा काठमाडौँ-४ बाट गगन थापा र डा. राजन भट्टराईसहित कुल ३१ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

    यस क्षेत्रमा राप्रपाबाट डा. ठाकुर मोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीबाट भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीबाट नुम नाथ प्याकुरेल, हाम्रो नेपाल पार्टीबाट अर्चन शमशेर राणा, पुनर्जागरण पार्टीबाट श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीबाट दिपक कुमार पोखरेल, मितेरी पार्टीबाट राजेश भारती, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनबादी) बाट लिला माया पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट लाल कुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेत बहादुर आले, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट ध्रुवराज गिरी, जनसमाजवादी पार्टी नेपालबाट खुर हरि पुडासैनी रहेका छन् ।

    त्यस्तै यस क्षेत्रमा कुल १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा श्याम राज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुन कुमार पर्साई, रोहित डंगोल, रोशन बर्मा, हेम बहादुर बोम्जन, रविन्द्र देव ढकाल, महेश्वर केसी, नवराज थापा, रुद्र प्रसाद पौडेल, कृष्ण कुमार तामाङ, दिनेश चौलागाई, काजि बहादुर कार्की र शिवेन्द्र केसी रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आरोप प्रमाणित भए पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु: गृहमन्त्री

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution