• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ २१, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनागृहमन्त्रीराशिफलपल शाहप्रचण्डतोसिमा कार्की
  • किन आइन सन्नी लियोनी नेपालमा ?

    ४ दिन अघि

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ४ दिन अघि

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४ दिन अघि

    माघ १४ गते शनिवारको राशिफल

    ६ दिन अघि

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    १ हफ्ता अघि

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    १ हफ्ता अघि

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    १ हफ्ता अघि

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    १ हफ्ता अघि

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १ हफ्ता अघि

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    १ हफ्ता अघि
FLASH NEWS
  • १किन आइन सन्नी लियोनी नेपालमा ?
  • २निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा
  • ३अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन
  • ४माघ १४ गते शनिवारको राशिफल
  • ५“सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी
  • ६रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का
  • ७म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने
  • ८रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ माघ २१, शनिबार
in
होमपेज / जीवनशैली
  • ४१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज तीजको पहिलो दिन, किन खाइन्छ दर ?

  • संदेश पत्र
  • २०७९ भाद्र १३, सोमबार (५ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

    तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

    महिलाहरुले वर्षदिनभर आफुलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

    पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।

    यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरुले जोड दिएका छन् । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा दर खाने दिनका लागि तोकिएको छ । पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

    सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

    तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

    पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

    हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ लगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गर्छ । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेको सुन्न सकिन्छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बिहान खालि पेटमा १ पोटी लसून खानुका यस्ता छन् अचुक फाईदाहरु !

    यी ५ समस्यामा भुलेर पनि नखानुहोस् अण्डा, बिग्रन्छ स्वास्थ्य

    आज सरस्वती पुजा, यसरी गर्नुहोस् माता सरस्वतीको पुजा !

    राती मोजा लगाएर सुत्दा स्वास्थ्य पर्छ यी ४ गम्भीर असर !

    ताजा समाचार
    १

    किन आइन सन्नी लियोनी नेपालमा ?

    २

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ३

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४

    माघ १४ गते शनिवारको राशिफल

    ५

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    ६

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    ७

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ८

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ९

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १०

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    समाचार
    थप

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution