• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २८, आईतबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २८, आईतबार
in
होमपेज / बागमती
  • ११७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पाँचखालको बजेट ८९ करोड ५६ लाख

  • संदेश पत्र
  • २०७८ अषाढ १२, शनिबार (३ साल अघि)
  • फाईल तस्विर

    पाँचखाल नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गरेको छ। बिहीबार नगरपालिकाको नवौं नगर सभामार्फत ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो।

    ‘कृषि सहर पाँचखाल नगर’को नारा लिएको नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को लागि नगरप्रमुख महेश खरेलले पेश गरेका नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। सभामा नगर उपप्रमुख लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गरेकी हुन्।

    विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाँट नहुने रकम ४३ करोड ७० लाख छ।

    त्यसैगरी बाँडफाँट गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ छ। जसमध्ये बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाँट ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाँट ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँट योग्य बजेट विनियोजन गरिएको छ । त्यसैगरी विविध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार छ।

    त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५ सय ४३ रुपैयाँ, ०७७/०७८ को दायित्व (टेन्डर) ४ करोड, ०७७/०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघीय तथा अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर, विषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड गरी विषयगत खर्च ६५ करोड छ।

    चालु आर्थिक वर्षमा मात्र पाँचखाल नगरपालिकाका विभिन्न वडामा ८.५ किलोमिटर सडक कालोपत्रे भएको छ भने करिब ३० किलोमिटरभन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको नगरपालिकाले जनाएको छ। प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आर्थिक वर्षमा वडा नं. ४, ५, ६, ७, ९, १०, ११, १२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे भएको हो।

    वडा नं २, ३ र ८ मा भने यस अघि नै कालोपत्रे सडक पुगेको नगरले जनाएको छ। पाँचखालमा हालसम्म वडा नं १ मा भने कालोपत्रे सडक पुगेको छैन। उक्त वडामा आर्थिक वर्ष ७८/७९ मा कालोपत्रे सडक पुर्योउने लक्ष्य भएको नगरप्रमुख खरेलको भनाइ छ।

    त्यस्तै विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रको सहकार्यमा पाँचखाल काठको पोल मुक्त नगर बनेको छ। नगरपालिकाले फोहोर व्यवस्थापनमा पनि विभिन्न निजी क्षेत्रसँग साझेदारी गर्दै काम गरेको छ।

    नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा तथा खेलकुद, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटनलाई प्राथमिकता दिइएको छ। त्यस्तै पाँचखाल नगरले बाल विवाह अन्त्य गर्नका लागि ‘पाँचखालको शान, बाल विवाहमुक्त हाम्रो अभियान’ सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

    सभाले नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरेबापत १ जना पत्रकारलाई पुरस्कृत गर्ने तथा कोभिड–१९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रूपमा खटिएका कर्मचारीहरुको लागि विमा पुरस्कार एवं प्रोत्साहन भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ।

    त्यस्तै पाँचखाल नगरले २०७८/०७९ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केहि रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न विनियोजन विधेयक २०७८ ल्याइएको छ । त्यसैगरी, एक घर, एक बैंक खाता नीति अनुरुप हरेक परिवारमा एक बैंक खाता खोल्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखाल नगर खुल्ला नकआउट फुटबल प्रतियोगिता ९ गते शुक्रबारबाट हुने

    धुलिखेल–खावा सडक मर्मत गरिँदै, मालवाहक गाडी सञ्चालनमा रोक

    काभ्रे पाँचखालका सुबास बोलाखे अस्ट्रेलियामा ९ दिनदेखि बेपत्ता, खोजिदिन परिवारको अनुरोध

    बनेपामा सुत्केरीको मृत्यु, अस्पतालको आइसियुमा तोडफोड

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution