काभ्रेमा टिपर बन्द भएको छ । मुख्य राजमार्ग र क्रसर उद्योग भएका स्थानीय तह शिल भएपछि टिपर पनि स्वत: बन्द भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनुभयो ।
जिल्लामा १९ गते रातिदेखि निषेधाज्ञा जारी छ । त्यो अवधिमा प्रशासनले राति ९ बजेदेखि ५ बजेसम्म टिपर चल्ने समय तोकेको थियो । तर पछिल्लो केहीदिन यता बनेपा, पनौती, धुलिखेल, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै शिल गरिपछि टिपर पनि बन्द भएका हुन् ।
तर बागमति टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम तामाङले टिपर बन्द बारे आफुलाई लिखित जानकारी नआएको बताउनु भयो । ‘डिएसपी हरि खतिवडा जीले फोन गरेर टिपर नचल्ने जानकारी गराउनुभयो, मैले कसले बन्द गरेको भनेर सोधे, उहाँले प्रमुख जिल्ला अधिकारीको आदेश हो भन्नुभयो, तर लिखित पत्र आएको छैन, अध्यक्ष लामाले भन्नुभयो ।’
कोटेश्वर पूर्व करिब १९ सय टिपर गुड्ने गरेको बागमती टिपर ब्यवसायी संघले जनाएको छ । यो संघमा भने ६ सय टिपर आबद्ध छन् । यसरी टिपर बन्द हुँदा विकास आयोजनामा निर्माण सामग्री अभाब हुने देखिएको छ ।