सत्तारुढ दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजेलाई बोलाइएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित कार्यदलका सदस्यहरुले रिपोर्टिङ गर्नेछन् । कार्यदलको बैठक आजै बेलुका ५ बजेलाई बोलाइएको छ ।
बैठकमा कोभिड १९ को नियन्त्रण तथा रोकथाम, बजेट अधिवेशनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।