काठमाडौँ, काठमाडौँ उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि ब’ढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा ल्याईयो । मानिसको चहलपहल बढाउने र ख’स्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मो’डिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो ।३ हप्ता अगाडी स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा सडकमाथि छाता टाँग्ने काम भयो । रंगीचङ्गी छाताहरु सडकमाथि टाँगेर सिँगारिएपछि मानिसको चहलपहल एकाएक बा’क्लिन थाल्यो ।
टेबहाल भनिने उक्त गल्लीले एकाएक नयाँ नाम पायो ‘अम्रेला स्ट्रिट’ ।तस्बिर खिच्ने, विभिन्न गीतमा टिकटक भिडियो बनाउनेहरु अम्रेला स्ट्रिट घुम्न आउन थाले । आजभन्दा ३ हप्ता अगाडीसम्म सुनसान जस्तै देखियो सो क्षेत्रमा अहिले दैनिक १५ हजारको हाराहारीमा मानिसहरु पुग्ने गरेका छन् । तर, व्यापारले अपेक्षाकृत गति लिन भने नसकेको व्यवसायीहरु बताउँछन् ।‘जुन उदेश्यले यत्रो दुःख गरेर १५० मिटर सडकमाथि छाता राखेर बाटो सिँगारिएको थियो, त्यो उदेश्य पूरा नै भएन’ एक जना कपडा व्यापारी भन्छन्, ‘बेकारमा मान्छेको फोकटको भि’ड मात्रै बढ्यो ।’
अनावश्यक भि’ड हुँदा सो क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने काठमाडौँ उपत्यकाकै अन्य क्षेत्रका व्यापारी भने मर्कामा परेका छन् । उपत्यका मात्रै नभई देशका विभिन्न क्षेत्रमा पनि न्युरोड क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने गरिन्छ । तर, अहिले भिड बढेका कारण कोरोना भाइरसको जो’खिम पनि बढेको भन्दै नियमित ग्राहक नै तर्किने अवस्था सिर्जना भएको व्यापारीको भोगाइ छ ।‘मानिसहरु सामान किन्न भन्दा फोटो खिच्न बढी आए, यसले हाम्रो उदेश्य पूरा भएन’ एक जना व्यापारी भन्छन्, ‘अहिलेको भिड देखेर सधैँ आईरहने ग्राहक पनि आउन छो’डे । उल्टै घाटा भयो ।’
संकटा मन्दिर पुग्ने साँघुरो बाटोको छेउ अहिले मर्मतको काम भईरहेको छ । तर, मानिसको अत्याधिक भि’डका कारण मजदूरले काम गर्न पाएका छैनन् । बल्लतल्ल अलिकति बनाउँछन्, पैदलयात्रीले टे’केर भ’त्काइदिन्छन् ।सडकको डिल बनाउने काममा अ’वरोध भएपछि मजदूरले झ’र्केरै बाटो हिड्नेलाई गा’ली पनि गर्न थालेका छन् । तर, कति जनालाई गा’ली गर्नु ? एक जना भए पो !‘काम गर्यो, टेकेर भ’त्काइदिन्छन्, काम गरेको नगरेको एकै छ’ मजदूर भन्छन्, ‘गा’ली पनि कति जनालाई गा’ली गर्नु ? एक जना भए पो !’
मानिसको अस्वभाविक भि’ड बढेको तर व्यापार भने न’फस्टाएको गु’नासो आएपछि सं’कटा क्लबले छाता ह’टाउने तयारी अगाडी बढाएको छ । मानिसहरुको आवतजावत ब’ढोस् र व्यापार पनि ब’ढोस् भन्ने उदेश्यले ‘अम्रेला स्ट्रिट’ अवधारणा ल्याएको भएपनि परिणाम ठिक उल्टो आएको भन्दै आइतबारबाट छाता ह’टाउने तयारी थालिएको क्लबका एक पदाधिकारीले भने ।४२० वटा छाता सडकमाथि राखिएको छ । यसका लागि ज्याला बाहेक मात्रै ३ लाख रुपैयाँ खर्च भएको छ । व्यापार नभएपनि गल्लीको सुन्दरता भने थपिएको छ । सं’कटा क्लबले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन सो क्षेत्रको भि’ड देखेर छाता ह’टाउने मनस्थिती बनाएको हो ।
Which the two broad categories: In both ventricles aorta the augmentation index, because mari and ben berkhout laboratory of experimental studies. vgrmalaysia.net View this post on Instagram.