काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र देशको हितका लागि आफु जस्तोसुकै चुनौती मोल्न तयार रहेको बताएका छन् ।
बुधबार एक टेलिभिजनसँगको अन्तवार्तामा कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले देश स्वर्ग बन्छ भने आफु नर्क जान तयार रहेको पनि बताए ।
आफूले कहिल्यै पनि आफ्नो भविष्यको बारेमा नसोचेको बताउदै ओलीले भने – ‘मैले जहिले पनि जनता र देशको पक्षमा काम गरेको छु ।’
उनले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी गर्दै प्रश्न गरे – ‘प्रचण्डले शहिद परिवारका एउटा बच्चा पढाउनु भएको छ ?’
उनले प्रचण्डले परिवर्तनका नाममा १७ हजार मानिसको ज्यान जाने गरि युद्ध गरेपनि परिणाम नआएको बताए।
उनले भने – देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो। क्रान्तिका नाममा देश कब्जा गर्छु पन भन्नुभएको हो। दुखद् परिस्थिति भए पनि उलटफेर नै गर्छन् कि भन्ने थियो। तर, अहिले परिवर्तन के मा भयो ?