काठमाडौं । सत्तारूढ नेकपाकी नेतृ रामुकमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’ भनेर सम्बाेधन गरेकी छिन्।
हिंजाे बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेला गर्दै प्रधानमन्त्री ओलीले चुनावमा दुईतिहाइ भोट ल्याएर जित्ने भनेर दाबी गरेका थिए । उनकाे साे दाविविरुद्ध नेतृ झाँक्रीले व्यंग्य गर्दै ‘महाराज’ काे संज्ञा दिएकी हुन ।
नेतृ झाँक्रीले फेसबुकमामा लेखेकी छन्, ‘प्रत्यक्षतर्फ बहुमतका लागि ८३ सिट आवश्यक तर ८५ देखि १२०सिट र करिब ५० लाख पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त !’