• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ४, आईतबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    ५ दिन अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    १ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    १ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    १ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    १ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    २ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ४, आईतबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / Breaking News with Image
  • १०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नेकपाको वैधानिकता हातमा पार्न यी हुन् केपी ओली पक्षका आधारहरू

  • संदेश पत्र
  • २०७७ पौष ८, बुधबार (३ हफ्ता अघि)
  • फाईल तस्विर

    काठमाडौँ, ८ पौष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय समिति पुनर्गठन गरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । ओली समूहले २०७८ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय समेत गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन आयोजक समिति गठन गरेको ओली समूहका नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए । प्रवक्ता ज्ञवालीका अनुसार मौजुदा ४४७ सदस्यीय केन्द्रीय समितिमा ५५६ जना थप गरिएको हो । १९६ जना थप्न बाँकी रहेको ज्ञवालीले बताए ।

    प्रधानमन्त्री ओलीले केन्द्रीय समितिमा नाम थप गरी अनुमोदन गर्न बैठकमा पेस गरेका थिए । ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटबिना अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकको आधिकारिकता नहुने बताए ।

    ‘पार्टी अध्यक्ष, महासचिव र र माइन्युटबिना पनि बैठक बस्छ र ?’ उनले भने, ‘त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’

    उनले बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको बरु केही जिम्मेवारी हेरफेर गरेको बताए । पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई जिम्मा दिने निर्णय बैठकले गरेको हो । ओली समूहले मंगलबारै केन्द्रीय समिति पुनर्गठन गरी नामावली सहितको निवेदन निर्वाचन आयोगमा पेस गरेको छ ।

    बैठकमा ओलीले दाहाल–नेपाल पक्ष बाहिरिएकामा चिन्ता नगर्न आग्रह गरेका थिए । ‘भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत छ । पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । वजन घटेको हुन्न,’ ओलीले भने ।

    उनले प्रतिनिधिसभा विघटनको निर्णयबारे स्पष्टसमेत पारेका थिए । ‘देशभक्ति नभएका, लोकतान्त्रिक चिन्तन नभएका, देश र जनताको बाटोमा कहिल्यै नसोच्ने, आफू र आफ्नो परिवार मात्र सोच्नेहरूको हातमा देश सुम्पिन सकिँदैन । त्यसकारण विघटनको बाटोमा जानुपर्‍यो,’ उनले भने । ओलीले दाहाल र नेपाल कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चल्न नसकेको आरोपसमेत लगाए ।

    ‘उहाँ (प्रचण्ड–माधव)हरू त मान्नु भएन । उहाँहरू बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ? कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर उहाँहरू यस धर्तीमा, यस धर्तीको भूमिमा, यस धर्तीको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनु भएको छैन । अहिलेको आवश्यकताको जगमा उहाँहरू चलिरहनु भएको छैन,’ बालुवाटारमा मंगलवार आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने ।

    उनले अब निर्वाचनले मिलाउँछ कि भनेर दाहालसँग संवाद गरेको प्रसंग उल्लेख गर्दै भने, ‘मैले अस्ति प्रचण्डजीसँग भनेको थिएँ । हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो । आपसी अन्तरविरोधहरू टुंग्याउनुपर्‍यो । अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं । प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त ? प्रधानमन्त्री म चुनावबाट बनेको हुँ । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरू पार्टीहरू पनि सकेसम्म एकजुट हुँदैछन् । चुनावका लागि, चुनावको सामना गर्नका लागि ।’

    ओलीले नाकाबन्दीविरुद्ध डटेर सामना गर्दा आफूमाथि हमला भएको प्रसंग निकाल्दै भने, ‘म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी गर्‍यौं । संविधान जारी गरेबापत हमला भयो । नाकाबन्दी हामीमाथि लगाइयो । नाकाबन्दीविरुद्ध हामीले डटेर सामना गर्‍यौं । त्यसबेला आलोचना र विरोध हामीविरुद्ध केन्द्रित गरियो । देश बर्बाद भयो, नसक्ने ठाउँमा सिङ जुधाउन गयो । छिमेकीहरूसँग सम्बन्ध बिगार्‍यो । हामीले सम्बन्ध बिगारेका थिएनौं । हामीले त नाकाबन्दी भोगिरहेका थियौं र त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं । तर पनि हाम्रो राष्ट्रको सम्मान, सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने व्यक्ति थिए । हाम्रै पार्टीका शीर्ष नेताहरूले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठ्यारोमा पर्ने स्थिति भयो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभयो ।’

    उनको भनाइ थियो, ‘हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु नै भएन । तीव्र भयो, हमला । चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धि भएपछि, चीनतिरका विभिन्न नाकाहरू खोलेपछि, विभिन्न बाटाहरू बनाएपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो ।’

    ओलीले एउटा सशक्त, एकताबद्ध र गतिशील पार्टी निर्माणको चरणमा आफूहरू रहेको बताए । भने, ‘म सुन्दै छु केपी ओलीलाई निकाल्नुहुन्छ रे । उहाँहरूभन्दा १० वर्षअघि पार्टी सदस्यता मैले लिएको होला । एउटा आन्दोलन शुरू गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजामा थियो, त्यस अवस्थामा एकता एकीकरणको अभियान थालेर आएको मलाई आज ताजुब के भने प्रचण्डले मलाई निकालिदिने रे पार्टीबाट । म साथीहरूलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरूमा अल्झिदैनौं ।’

    ओलीले थपे, ‘पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरू । हामीले चाहेर के गर्ने ? अहिले पनि चाहेका छौं । उहाँहरूले जस्तो कसैलाई निष्कासन गरेर कुदिरहेका छैनौं । उहाँहरू यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै विग्रहको खेती गरिरहनुभएको छ । तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरू किनारा लाग्दै हुनुहुन्छ । त्रिशूलीमा तपाईंहरूले हेर्नुभएको होला, केही केही चिज नदीमा पर्‍यो भने त्यो बग्दै जाँदा किनारा किनारातिर लाग्छ । नदी बग्दै जाँदा फोहोरहरू किनारातिर धकेलिँदै जान्छ र सफा हुँदै अगाडि जान्छ । भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत सम्झिनुपर्‍यो जस्तो लाग्छ, पिलो निचोरिँदैमा वजन घटेको हुन्न । पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । वजन घटेको हुन्न ।’

    चुनावमा कम्तीमा ५० लाख लोकप्रिय भोटसहित बहुमत ल्याउने दाबी गर्दै ओली भने, ‘त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनाभित्र अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं । हामीले चुनावमा पनि जानु छ यसपछि । अब हामी चुनावको तयारीमा जुट्छौं । चुनावमा जान्छौं । हामी चुनावपछि कामहरूलाई बढी व्यवस्थित गर्नु छ । हामीले २ पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । अहिले त्यसमा ४ सिट थप्नुपर्नेछ । १२० सिट पुग्नुपर्नेछ ।’

    नयाँ परिस्थितिमा केन्द्रीय समितिलाई पुनर्गठन गरेर विस्तार गर्नु परेको उनको भनाइ थियो । भने, ‘अब यसपछिको परिस्थितिको हामीले कसरी सामना गर्ने ? उनीहरूले निहुँ त अगाडिदेखि खोजिरहेकै थिए, अब झन् उनीहरूले निहुँ बनाउँछन् । परामर्श पनि नगरेर अध्यक्षलाई निष्कासन गर्ने आदि इत्यादि गरिरहेका छन् । महाधिवेशन गर्नुपर्ने, गरिरहेका छैनन् । त्यतापट्टि लागिराखेका छैनन् ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    लागुऔषधसहित सासू–बुहारी पक्राउ

    बिना मगरको सपना बीचमै तुहियो !

    प्रधानमन्त्री ओलीले भने – देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु

    नेकपा र सूर्य चिह्न कसको होला ?

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution