काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पहिले संविधान रक्षाको लागि ध्यान दिनुपर्ने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले संविधान बचेमा मात्र चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहने बताएका हुन् । उनले भने – ‘संविधानका मूलमर्म र आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बॉस न बजे बॉसुरी हुनेछ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुने पनि बताएका छन् ।
उनले भने – ‘संकटको वेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।’
उनको स्टाटस यस्तो छ – ‘संकटको वेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।संविधानका मूलमर्म/आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ।नत्र न रहे बाॅस न बजे बाॅसुरी हुनेछ। सबैलाई चेतना भया!’