काठमाडौँ। रायोको साग सुन्ने वित्तिकै सायद हामी सबैको मुखमा पानी आउँछ। रायोको सागमा उच्च फाइबर हुन्छ, जसको कारण यसले पाचन प्रणाली ठीक राख्दछ। साथै यसमा पाइने अन्य खनिज, भिटामिन र प्रोटिनले समग्र स्वास्थ्यलाई लाभदायिक हुन्छ। यसमा कम क्यालोरी पाइन्छ, जसका कारण शरीरको तौल घटाउनका लागी महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
जानिराखौं रायोको सागका अन्य फाइदा
– रायोको सागमा भरपुर मात्रामा क्याल्सियम र पोटासियम पाइन्छ, जसले गर्दा मानिसको हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ।
– भिटामिन के र ओमेगा ३ फ्याटी एसिडको पाइने हुँदा रायोको सागले एन्टिइन्फ्लेमेटरी प्रभावहरू पु¥याउँछ। यसलाई दैनिकरुपमा सेवन गर्दा क्यान्सर, मुटु रोग र हाडजोर्नीको समस्याबाट बचाउन मद्दत गर्छ ।
–रायोको सागमा प्रशस्तरुपमा पाइने फाइबरले गर्दा शरीरको पाचन प्रणालीलाई सुधार गर्नुका साथै यसले मेटाबोलिजमको दर बढाउँछ।
– रायोको सागमा एन्टिअक्सिडेन्ट तत्वहरु पाइन्छ, जस्तै भिटामिन, भिटामिन ए र भिटामिन सी। यस बाहेक रायोको सागमा भरपुर मात्रामा म्याग्निज र फोलेट पाइन्छ। त्यसैगरी यो भिटामिन ई, सी र एको राम्रो श्रोत हो, जसले रेडिकलहरू हटाउन मद्दत पु¥याउँछ। यसैगरी, यसले दम, मुटु रोग र रजोनिवृत्तिबाट पीडित भएका महिलाहरुका लागि फाइदा गर्दछ।
– रायोमा पाइने एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्लेमेटरी गुणहरूले क्यान्सर जस्तो प्राणघातक रोगको जोखिम कम गर्दछ। अध्ययनकाअनुसार, यसले मूत्राशय, पेट, स्तन, फोक्सो, प्रोस्टेट र अण्डाशयको क्यान्सर रोक्न उपयोगी हुन्छ।
– रायोको सागमा उपस्थित एन्टिआक्सीडेन्टहरू र सल्फरले शरीरलाई डिटक्सिफिकेशन अर्थात् शरीरमा भएका विषाक्त निष्कासन गर्न मद्दत गर्दछ। जसले गर्दा, मुटु, फोक्सो र कलेजोलाई स्वास्थ्य राख्न सहयोग गर्दछ।
– रायोको सागले शरीरमा भएको ब्याड अर्थात् नराम्रो कोलेस्ट्रोलको स्तरलाई कम गरि मुटुको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ। साथै, यसमा पाइने फोलेटले मुटु रोगको लागि जिम्मेवार होमोसिस्टीनलाई बढ्नबाट रोक्दछ।
– रायोको सागमा पाइने भिटामिन सीले इन्फ्लेमेटरी पदार्थ हिस्टामिनलाई बिच्छेद गर्न मद्दत गर्दछ। यस बाहेक म्याग्नेशियमले ब्रोन्कियल ट्युब र फोक्सोलाई राहत प्रदान गर्दछ।
–अध्ययनका अनुसार यस सागलाई दैनिक तीन पटक खाँदा यसले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ। यसले ४० प्रतिशतसम्म मानसिक कम गर्न मद्दत गर्दछ।
– सुर्तिजन्य धुवाँ तथा पदार्थले शरीरमा भिटामिन एको कमि निम्त्याउने गर्दछ, जसका कारण इम्फिजेमा हुनेगर्दछ। यदि रायोको साग खाँदा फोक्सोमा भएका विषाक्त पदार्थलाई हटाइ स्वस्थ राख्न मद्दत गर्दछ।