तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलोत्तमा २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका १ का ६६ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार मंसिर २ गते पीसीआर पोजिटिभ आई अस्पतालमा भर्ना भएका तिलोत्तमाका पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो, मुटुरोग, दम र मधुमेहको समस्या थियो ।
त्यस्तै, रेसुंगा १ का पुरुष गत कात्तिक २७ गते पोजिटिभ नतिजा आई २८ गते अस्पताल भर्ना भएका थिए । उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो । मृतकमा ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको थियो ।