काठमाडौं । विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । नयाँ नयाँ आबिष्कारले मानिसहरुलाई काम गर्न धेरै सजिलो भइरहेको छ ।
तपाईले हावामा हवाईजहाज उडेको देख्नु भएको छ तर के कार उडेको देख्नु भएको छ । उड्ने कार पनि अब बजारमा आएको छ ।
उड्ने कार चलाउन यूरोपमा अनुमति दिइएको बताइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले बनाएको यो कार हेर्दा निकै आकर्षक छ ।
यो उड्ने कारलाई हालै यूरोपीय रोड परीक्षण गरिएको थियो । अब यसको आधिकारिक लाइसेन्स प्लेटकासाथ सडकमा चलाउने अनुमति मिलेको छ ।
२०२० फेब्रुअरी देखि लगातार यसमा हार्य स्पीड ब्रेक र ध्वनि प्रदूषण परीक्षण गरिएको छ । उड्ने कारको मूल्य निकै महँगो पर्ने भएको छ । यसको मूल्य ३ लाख ९९ हजार डलर राखिएको बताइएको छ ।