• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७७ माघ ७, बुधबार
Trending
संक्रमित भागेअस्पतालमा भर्नालकडाउन२१ दिन क्वारेन्टाइनटीकापुरलागूऔषधरिपोर्ट नेगेटिभकोरोना
  • पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    १ हफ्ता अघि

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    १ हफ्ता अघि

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    १ हफ्ता अघि

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    १ हफ्ता अघि

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    २ हफ्ता अघि

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    २ हफ्ता अघि

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    २ हफ्ता अघि

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    २ हफ्ता अघि

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    २ हफ्ता अघि

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    २ हफ्ता अघि
FLASH NEWS
  • १पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु
  • २अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ
  • ३पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या
  • ४सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी
  • ५उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब
  • ६नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)
  • ७गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक
  • ८देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • English
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७७ माघ ७, बुधबार
in
लोकप्रिय खबर

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

बिहानै खाली पेटमा बीरेनुन पानी पिउँनुका यतिधेरै फाइदा

लामो र बाक्लो कपाल बनाउन अप्नाउनुुहोस् यी उपाय

यी राशि भएका पुरुषले पाउँछन् मन् कि र रुपकी सुन्दर श्रीमती,गर्दछन् अत्यन्तै माया

ह्वात्तै घट्यो बोइलर कुखुराको मासुको भाउ , हेर्नुस् किलोको कति छ ?

विदेशबाट आज काठमाडौं ल्याइदै २४ शव (नामावली सहित)

निकै शक्तिशाली हुन्छन् यी चार राशिका व्यक्ति

होमपेज / बागमती
  • ७४३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • काभ्रेको पाँचखालमा सामुदायिक वनको जमिन अतिक्रमण गरी धमाधम प्लटिङ्ग

  • संदेश पत्र
  • २०७७ आश्विन २९, बिहिबार (३ महिना अघि)
  • फाईल तस्विर

    मोतीराम तिमल्सिना, काभ्रे । सामुदायिक वन भित्रको जमिन अतिक्रमण गरी प्लटिङ्ग शुरु गरिएको छ भने २४ वटा घर टहरा निर्माण गरिएको छ । सामुदायिक वनका नाममा रहेको जग्गा ब्यक्तिले दर्ता प्रकृया शुरु गरेका छन् ।

    पाँचखाल नगरपालिका वडा नम्वर ४ जिरो किलो स्थित बोक्से सामुदायिक बन उपभोक्ता समुहमा रहेको झण्डै १ सय २० रोपनी जमिन दुर्गा ठकुरी, राजकुमार ठकुरी र राजन ठकुरीले अतिक्रमण गरेका हुन् । हालसम्म नापि नभएको, पुर्जा समेत नभएको कित्ता नम्वर ८२९ नम्वरको ७१३ रोपनी १५ आना २ पैसा १ दाम जग्गा मध्येको १ सय २० रोपनी आफ्नै दाबी गर्दै अतिक्रमण गरेका हुन् । सोहि वनको रुख फडानी गरेको अभियोगमा दुर्गा ठकुरीले जरिवना बुझाएका छन् ।

    २०७७ जेठ १२ गते सामुदायिक वन उपभोक्ता समुहले ठकुरी र श्याम धौभडेललाई जरिवना तिराएको हो । बोक्से सामुदायिक वनमा अब उप्रान्त वन अतिक्रमण नगर्ने कागजमा ठकुरी र धौभडेलले हस्ताक्षर गरेको एक महिनामै ठकुरी परिवारले बन अतिक्रमण गरी प्लटिङ्ग शुरु गरेका हुन् । पहिलो चरणमा बारी बनाउने, सरकारी कागजात मिलाएर जोतखन देखाएर दर्ता गर्ने र प्लटिङ्ग गरेर विक्री गर्ने योजनामा ठकुरी दाजुभाई रहेको उपभोक्ताहरुले बताएका छन् ।

    ठकुरी दाजुभाईले २०२५ सालमा मुद्दा गरेर आफ्नो पक्षमा भएको जमिन हजुरबुबा राक्से र बाबु कृष्णबहादुर ठकुरीले दर्ता नगरेकाले समस्या भएको बताएका छन् । राक्से ठकुरीका नाती राजकुमार ठकुरीले उक्त जग्गा आफ्नो भएको प्रमाण भएकाले जोतखन गरेर दर्ताको प्रकृया शुरु गरेको बताए । २०३२ सालमा दर्ता नगरेको, पटक पटक छुट जग्गा दर्ताका लागि खुल्ला हुँदा समेत दर्ता नभएको उक्त क्षेत्र बनमा दर्ता भएको छ । वनमा दर्ता भएको जमिन मेरो भन्दै अतिक्रमण गरे पछि उपभोक्ता समुहले वन कार्यालय गुहारेको छ । ठकुरी परिवारले तिरो समेत तिरेको प्रमाण भएकाले आफ्नो भएको दाबी गरेको छ ।

    जिरो किलो क्षेत्रमा रहेको बोक्से सामुदायिक वन उपभोक्ता समुह र खानिखोला सामुदायिक बन उपभोक्ता समुहमा रहेको जमिन अतिक्रमण गरी घर टहरा निर्माणका साथै ब्यक्तिले जग्गा प्लटिङ्ग शुरु गरेका छन् । उपभोक्ता समुहको सक्रियता भए पनि अतिक्रमण रोक्न सकिएको छैन । डिभिजन बन कार्यालय, सब डिभिजन बन कार्यालय र समुहको थप सक्रियता हुन नसक्दा अतिक्रमण बढिरहेको उपभोक्ताहरुले बताएका छन् । २४ वटा घर वन क्षेत्रमा निर्माण भएका छन् भने सयौ रोपनी जमिन अतिक्रमणमा परेको छ । मण्डनदेउपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि रामशरण थापा आफैले वन अतिक्रमण गरेर घर बनाएका छन् ।

    सोहि वनमा निरबहादुर बोहोरा, सुन्दर पराजुली, कृष्णप्रसाद सापकोटा, गणेश सापकोटा, ताराप्रसाद सापकोटा, पवित्रा पराजुली, नन्दबहादुर तामाङ, जगत तामाङ, रामशरण खनाल, रामकुमार ठकुरी, दुर्गाबहादुर ठकुरी, श्यामबहादुर श्रेष्ठ, कमल तामाङ, मिना तामाङले घर निर्माण गरी बन अतिक्रमण गरेका छन् । जगतबहादुर तामाङले वन भित्र बनाएको घर अतिक्रमण गरी नन्दबहादुर तामाङलाई विक्री गरेका थिए ।

    उनिबाट तीनजनामा विक्री भईसकेको छ । पछि गुणराज सापकोटा र रामहरी सापकोटाले खरिद गरेको जग्गा नरबहादुर तामाङले खरिद गरेका थिए । वन भित्र घर निर्माण गर्ने र विक्री गर्ने क्रम पटक पटक भए पनि डिभिजन बन कार्यालयले चासो दिएको छैन । उपभोक्ता समितिका अध्यक्ष तेजप्रसाद न्यौपानेले पटक पटक वन अतिक्रमण गर्नेहरुलाई हटाउन र र अतिक्रमण रोक्न अभियान शुरु गरे पनि सम्भव नभएको बताउनु भयो ।

    दुर्गा ठकुरी र श्याम धौभडेललाई जरिवना गराएर आईन्दा अतिक्रमण नगर्ने कागजमा सहि गराए पनि उनिहरुले लगातार अतिक्रमण गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो । उपभोक्ता समुहको अनुरोधमा डिभिजन बन कार्यालयले असोज १० गते ३५ दिने म्याद दिएको अध्यक्ष न्यौपानेले बताउनु भयो । जिरो किलो क्षेत्रमा २४ वटा घर निर्माण भएका छन् भने सयौ हेक्टर जमिन अतिक्रमण भएको छ ।

    बोक्सेसँगै जोडिएको खानिखोला सामुदायिक बन उपभोक्ता समुहको जमिन अतिक्रमण गरेर १० वटा घर निर्माण भएका छन् । बुनु तामाङ, जगत तामाङ, विलबहादुर तामाङ, जनक तामाङ, रामशरण थापा, रामशरण खनाल, कमलबहादुर घोरसाईने, रमेश ठकुरी लगायतले दुईवटासम्म घर निर्माण गरी विक्री वितरण तथा भाडामा लगाईरहेका छन् । अध्यक्ष नवराज सापकोटाले अतिक्रमण रोक्न पटक पटक प्रयास भए पनि सम्भव नभएको बताउनु भयो । ‘हामीले सब डिभिजन र डिभिजन बन कार्यालयलाई पटक पटक गुहार्‍यौँ, आवश्यक सहयोग प्राप्त गर्न सकेनौ’–अध्यक्ष नवराज सापकोटाले भन्नुभयो । लकडाउनको अवसरमा केहि नयाँ घर थपिएका छन्

    जगतबहादुर तामाङले निर्माण गरेर मासिक २२ हजार रुपैया भाडामा बसिरहनु भएका मण्डनदेउपुर नगरपालिकाका पञ्चमाया र विलबहादुर तामाङले नयाँ घर २०७७ आषाढ ९ गते मात्रै निर्माण गरेको बताउनु भयो । उता बोक्से सामुदायिक वनमा सालका रुख फडानी हुन थालेका छन् । हरि ठकुरीको परिवारले जिरो किलो नजिकैको जंगलमा रुखहरु फडानी गरे पनि कारवाही हुन सकेको छैन । वडा सदस्य रामशरण थापा आफैले वन अतिक्रमण गरे पछि अन्यले धमाधम अतिक्रमण गरेका हुन् ।

    कित्ता नम्वर ३०६४, ६०६३ सँग जोडिएको कित्ता नम्वर ८२९ वन क्षेत्र हो । मालपोत र नापि कार्यालयमा उक्त जग्गा सामुदायिक वन सरकारी भएको उल्लेख छ । १५०८, ३५९३, ३५९४, २१३७ सोहि कित्तासँग जोडिएका छन् । त्यसको बीचमा दुर्गा ठकुरीले ब्यक्तिगत जग्गा भन्दै वन अतिक्रमण गरेका हुन् । सोहि कित्तासँगै १८३४, १८३५, ३६१४, ३१४७ नम्वर कित्तामा प्लटिङ्ग शुरु गरिएको छ । मधु दाहाल लगायतको समुहले गरेको प्लटिङ्गले १० रोपनी वन अतिक्रमण गरेको छ ।

    वन नजिकैको जग्गा खरिद गर्ने र प्लटिङ्ग गर्ने गिरोह जिल्लाका हरेक स्थानमा सक्रिय भएका छन् । सव डिभिजन कार्यालय पाँचखालका सहायक वन अधिकृत चिरञ्जिवी थापाले उक्त क्षेत्रमा वन अतिक्रमण भएको सूचना प्राप्त भएकाले वन कार्यालयले आवश्यक प्रकृया शुरु गरेको बताउनु भयो । ब्यक्तिको प्रमाण नपुग्ने जग्गा दावी गर्दैमा सरकारी वन दर्ता हुन नसक्ने उहाँले बताउनु भयो । दर्ता नहुँदासम्म उक्त क्षेत्र सरकारी भएकाले तत्काल दर्ता हुन नसक्ने र गर्न पनि नमिल्ने उहाँले बताउनु भयो ।न्युज ओफ नेपाल बाट



    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ताजा समाचार
    १

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    २

    अमेरिका पठाउँछु भन्दै लाखौं ठग्ने युवती पक्राउ

    ३

    पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

    ४

    सुनको जलप लगाएको ‘फलाम’को गहना: सुन पसलमा राखेर ठगी

    ५

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    ६

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    ७

    गायक शिव परियारको स्वरमा ‘तिम्रो याद भुलाउन’ बोलको गीत सार्वजनिक

    ८

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    ९

    सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस् ।

    १०

    पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै प्रचण्ड

    समाचार
    थप

    पाँचखालमा बसको ठक्करबाट मोटरसाइकल चालक दिवाकरको मृत्यु

    उपत्यकामा आँखा पोल्ने प्रदूषण, घर बाहिर ननिस्किन विज्ञको सुझाब

    नेपाली सेनामा ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

    देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    रसुवामा सार्वजनिक यातायात बन्द

    पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि मृत्यु

    पाल्पा पहिरोः यसरी दुई जनाको ज्या न गयो

    पछिल्लो २४ घण्टामा कस्तो छ विश्वमा कोरोना संक्रमणको अवस्था ? कहाँ कति संक्रमित थपिए ? (विस्तृत विवरणसहित)

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution