काठमाडौं । काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको जानकारी दिए । त्यस्तै, सभा,गोष्ठी, भेला तथा मठमन्दिर लगायतको प्रतिवन्ध भने यथावत रहेको छ ।