एकजना युवकले मान्छेको टोउको झोलामा लिएर प्रहरी चौकी प्रवेश गरे । त्यो पनि रातको एक बजे । उनी प्रहरी कार्यालयको गेटमा पुगेपछि सुरक्षामा खटिएका प्रहरीबाट रोकिन्छन् । उनले आफूले कसैको हत्या गरेर टाउको ल्याएको भन्छन् ।
प्रहरीले रातको समयमा कुनै मानसिक अवस्था ठिक नभएको या लागूऔषध सेवन गरेर युवक त आएनन् भन्ठान्छन् । उनले झोला चेकजाँच गर्छन् । केही वजनदार गोलो वस्तु देख्छन् । लाइट बालेर हेर्दा झसङ्ग हुन्छन् । ती युवकले साँच्चै टाउको ल्याएको हुन्छन् ।
यो घटना जिल्ला प्रहरी कार्यालय धादिङमा घटेको हो । बिहिबार रातको १ बजे निलकण्ठ नगरपालिका खल्चेतका २६ वर्षीय युवक राजु परियारले सामान्य विवादको क्रममा ६५ वर्षीय सोमबहादुरको खुर्पा प्रहार गरी हत्या गरेको खुलेको छ ।