काभ्रेको पाँचखाल नगरपालिका पनि आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले आइतबार देखि भदौ ६ गतेसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जारी गरेको सूचनामा कोरोना भाइरस समुदायमा फैलिदै गएको भन्दै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका तथा सबै वडा कार्यालयहरुबाट सेवा बन्द गर्ने उल्लेख छ । नगरपालिकाले स्वास्थ्य, खाद्यन्न, दुध र तरकारी मात्रै खुल्ला रहने बताएको छ ।
नगरपालिकाभित्रका वित्तिय संघ संस्था, होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूर्टीपार्लर, सिनेमाहल, पार्टी प्यालेस पूर्ण रुपमा बन्द हुनेछ ।