आफ्नै नवजात शिशु हत्या अभियोगमा कास्कीबाट महिला पक्राउ परेकी छन् । शिशु हत्या अभियोगमा तनहुँ व्यास नगरपालिका ६ घर भई कास्कीको रूपा गाउँपालिका ४ खाल्टे बस्ने ३३ वर्षीया रीता मल्ल सिंहलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
कास्कीको रूपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा भर्खरै जन्मेको नवजात शिशुको शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला कार्यालय र ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम डाँडाकोनाकबाट खटिएको टोलीफे अनुसन्धान क्रममा रीतालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपीविरुद्ध ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा शीर्षकमा कास्की जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।