• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २९, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २९, सोमबार
in
होमपेज / अपराध
  • ९४७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नवराजकी ‘प्रेमिका’को बयान -‘बुवा र दाइहरुले मारेको पूर्ण विश्‍वास लाग्छ’(बयानसहित)

  • संदेश पत्र
  • २०७७ अषाढ १, सोमबार (४ साल अघि)
  • फाईल तस्विर

    १ असार, काठमाडौँ ।
    रुकुम पश्चिमको सोतीगाउँमा तीन साताअघि नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा नवराज विककी प्रेमिका भनिएकी किशोरीले नवराज र उनका पाँच साथीको हत्यामा बुवा, दाइ र अन्य गाउँले प्रत्यक्ष संलग्न रहेको बयान दिएकी छिन् । प्रहरीसमक्ष दिएको बयानका क्रममा उनले नवराजको घरमा दुई पटक बसेको र पछिल्लो समयमा सम्बन्ध सुमधुर नभएको बताएकी छन् ।

    उनले घटनास्थलमा आफु नगएको र त्यो दिन दिउँसो भएको घटनाबारे आफुलाई थाहा नभएको बताएकी छिन् । उनले घटना भएको साँझ आमासँग अरुले कुरा गरेपछि नवराजको मृत्यु भएको थाहा भएको बताएकी छिन् । उनले भनेकी छिन-‘ साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूणर् विश्वास लाग्छ ।’सो घटनामा आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायतका कसुरमा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।

    १७ वर्षीय ती किशोरीले प्रहरीसमक्ष दिएको बयान

    मृतक नवराज विकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका मैले एक्सेप्ट गरी सोही मितिदेखि साथी भई कुराकानी र भेटघाट हुने गर्थ्यो । परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाइलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा मृतककै घरमा बास बसी भोलिपल्ट घर गएकी हुँ । सो पश्चात पनि मिति २०७६ पौष महिना गते यकिन भएन, मृतक नवराज विकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाइको जन्मदिनमा गएको मौकामा समेत भेट भएकोले सो दिन समेत मृतककै घरमा गई सुती भोलिपल्ट घर गएकी हुँ । सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होइन, निजले फोनमा मलाई विवाह गरौं भनी कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ, निजको घरमा बसेको त्यति नै हो ।

    मलाई मिति यकिन भएन मृतक नवराज विकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ । भोलिपल्ट बिहान पनि निज नवराज विकसमेत मेरो घर नजिकै ििहँडरहेको देखी मेरो बुवाआमा समेतले सम्झाई आफ्नो घरतर्फ पठाएकोमा २०७७ साल वैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु विकलाई ल्याई मेरो गाउँमा आएको रहेछ तर मैले देखिनँ । गाउँलेले भनेको सुनेकी थिएँ ।

    मिति २०७७।०१।१७ गते राति ८ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घननजिकै आएको मौकामा मेरो बुवाआमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बरबहादुर मल्ल, विनोद मल्ललाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए । मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज विकलाई फेसबुकमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन, मेरो भाइको मोबाइलबाट म्यासेजमा कुराकानी भएको थियो, वारदातको दिन नवराज विकले केटाहरु ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन, मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज विकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ ।

    सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ, सो कुरा आमाले मलाई मिति २०७७।०२।१र२ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएं, मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरिरहेकी थिए, मेरो घर नजिक नवराज विकसमेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली गरी पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए तर मैले केटाहरुलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन ।

    सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज विकको मृत्यु भएको सुनेँ । पछि बुझ्दा मेरो बुवा, दाइसमेतले नवराज विकसमेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूणर् विश्वास लाग्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution