शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।
सय वर्षकी जोशीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीकी छिमेकी बनिता जोशीले सेतोपाटीलाई जानकारी दिइन्।
जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा आज बिहान ५ बजेर ५६ मिनेट जाँदा उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
उनको निधनबारे जानकारी दिन अस्पतालले विज्ञप्ति जारी गर्ने तयारी गरेको छ।
यसअघि असोज ३० गते शताब्दीपुरूष सत्यमोहन जोशीको पनि किस्ट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको थियो।