रौतहटमा पत्रकार, कर्मचारीसहित २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।रौतहटको गौर नगरपालिकाका कर्मचारी, पत्रकार र सर्वसाधारण गरी १७ जना, परोहा नगरपालिकामा ४ जना र गढीमाई, देवाही गोनाही र चन्द्रपुर नगरपालिकामा १र१ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए ।गौर नगरपालिकामा वडा नं ५ का एकै परिवारका ५ जना, ८ कर्मचारी र १ पत्रकारसहित १७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी सुरु भइसकेको फोकल पर्सन गुप्ताले बताए ।
विगत ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो समय थपिएका संक्रमितलाई घरमै छाडिएको छ । रौतहटका आइसोलेसन सेन्टरहरु खाली रहेको अवस्थामा पनि संक्रमितलाई समुदायमै छोड्दा झनै खतरा बढेको गौरका स्थानीयले बताएका छन् ।