काठमाडौ| चैत २८,
ग्यालेक्सि फोर के टेलिभिजन बाट प्रस्तुत हुने कार्यक्रम सिधाकुराका प्रस्तुता एवम पत्रकार युवराज कंडेल टेलिभिजनबाट बाहिरिएका छन। आफुले प्रस्तुत गरेको कार्यक्रमको बिषयप्रती ब्यबस्थापन पक्षले हस्तक्षेप गरि कार्यक्रम डिलिट गरेको आरोप समेत लगाएका छन।
उनले ९ महिना अघि एक उच्च सरकारी अधिकारीले महिला कर्मचारी माथिको हिंसाको विषय उठान गरेको र उक्त रिपोर्ट पछि मन्त्रिपरिषद्ले उनलाई बर्खास्तीको निर्णय गरेपछि पावर लगाएर त्यसको ९ महिना पछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिएपछी कार्यक्रमको मूल्य र मान्यता माथी नै प्रहार भएपछी आफुले टेलिभिजन छोड्ने निर्णयमा पुगेको कुरा सामाजिक सन्जाल फेसबुक मार्फत व्यक्त गरेका छन।
उनले लेखेका छन।
आज आफ्नै सिधाकुरा,
प्रिय दर्शकहरु नमस्ते । सिधाकुरा जनतासँग(News24 nepal) हुँदै सिधाकुरा(Galaxy4k) सम्म आइपुग्दा ७ वर्ष बित्नै लागेछ । रिपोटर हुँदै कार्यक्रम प्रोड्युसर देखि प्रस्तोता हुँदा सम्म पत्रकारिताका धर्म र पेशा प्रति रत्तिभर सौदाबाजी नगरी जनताको चासो, गुनासो र प्रश्न उठाउने इमानदार प्रयास गरिरहे । त्यसको प्रभावकारिताको हरहिसाब गर्ने जिम्मा तपाईँहरूकै । जस्ता सुकै धाकधम्की र आरोपबाट लड्दै चलरिहेको कार्यक्रममा जब एक उच्च सरकारी अधिकारीले महिला कर्मचारी माथिको हिंसाको विषय उठान गरेका थियौँ, उक्त रिपोर्ट पछि मन्त्रिपरिषद्ले उनलाई बर्खास्तीको निर्णय गरेको थियो । उनको पावरले त्यसका ९ महिना पछि टेलिभिजनको व्यवस्थापनबाटै गुपचुप कार्यक्रम डिलिट गरिए छ। यसलाई सच्याउने प्रयास नै भएन । कार्यक्रमको मूल्य र मान्यता माथिनै प्रहार भएपछि ग्यालेक्सी टेलीभिजनबाट बाहिरिएको छु । देशभरका संवाददाता साथीहरू र कार्यक्रमका हर मोडमा मलाई काँध थाप्ने प्रिय टिम Bishnu Anil Raju Uttam Laxman सँगै Krantishikha Pratibha Rawal प्रति आभारी छु । मलाई सिकाउँदै यहाँसम्म ल्याउने Rabi रवि दाई र Deepak दाईलाई सम्झरिहेको छु । मलाई निरन्तर हौशला दिने तपाई दर्शकहरू प्रति आजीवन ऋणी छु ।
“जागिर छोडेको हुँ, कर्म छोडेको हैन, केही दिनमा झनै मजबुत भएर आउने छु ।” नमस्ते ।