काठमाडौं । विद्यार्थीको रिपोर्ट कार्डमा शिक्षकको टिप्पणी आवश्यक हुन्छ ।शिक्षकले आफ्नो बच्चाको बारेमा के भने भनेर जान्न अभिभावकहरू पनि धेरै उत्सुक हुन्छन् ।तर शिक्षकको एउटा गल्तीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई चकित पारेको छ ।
२०१९ को टर्म ३ परीक्षाको नतिजामा शिक्षकको टिप्पणी भाइरल भइरहेको छ, जसमा ‘उनको (विद्यार्थीको) मृत्यु भयो’ लेखिएको छ ।वास्तवमा, शिक्षिकाले विद्यार्थी उत्तीर्ण भएको कुरा लेख्न चाहेकी हुन् । तर भूलवश उनले पास्ड अवे अर्थात उनको मृ, त्यु भयो लेखिन् । एक विद्यार्थीले अधिकांश विषयमा राम्रो अंक ल्याएर कक्षामा सातौं स्थान हासिल गरेकी छिन् ।
सामाजिक सञ्जालमा यो गज्जबले भाइरल हुँदैछ ।विद्यार्थीको नाम र देश उल्लेख छैन् । तर रिपोर्ट कार्डमा सूचीबद्ध विषयहरू मध्ये एक चिचेवा थियो, जुन अफ्रिकाको मलावीको आधिकारिक भाषा हो ।अन्य विषयहरू गणित, अंग्रेजी, कृषि, बीके–आरई, सामाजिक, जीवन कौशल र कला रहेका छन् ।
शिक्षकको टिप्पणीलाई धेरै अनलाइन प्रयोगकर्ताहरूले आलोचना गरेका छन् । एक प्रयोगकर्ताले भने, ‘यो पास आउट भन्दा धेरै खराब सुनिन्छ ।’शिक्षिकाले पास आउट लेख्न खोजेको हुनुपर्छ । तर उनले पास्ड अवे लेखिन् । की त योग्यताको कमजोरीका कारण कही सुनेको कुरामा आधारित रहेर पास्ड अवे लेखिएको हुनुपर्छ । की भुलवस हुनुपर्छ ।
यो पनि – नेपाली जंगलमा सून जस्तै टलल टल्किएका पहेलपुर दानासरी देखिने फलहरुको राजा हो ऐसेलु । यो फल मात्र हैन एक अचुक जडिबुटी समेत हो । रुघा, खोकी, टाईफाईट जस्ता घातक रोगका औषधि बनाउनपनि यसको प्रयोग हुन्छ ।विश्वको महंगो वाईनपनि यही फलबाट बन्दछ ।
अब जंगलमा ऐसेलु खाने बेला भएको छ । ऐसेलुसँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ । यसपटक पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ ।
हामीमध्ये धेरैको बाल्यकाल ऐसेलुको याद वरिपरि घुमेको हुनसक्दछ, एसेलु टीप्न जाँदा काँढाले बनाएका खतहरु हामीमध्ये धेरैका हातमा हुनसक्दछन् ।विश्वको जुनसुकै कुनामा रहेपनि त्यो बाल्यकाल झल्को दिने ऐसेलुलाई प्यारो गरी सेयर गरेर आफ्नो वालमा सुरक्षित गरौँ ।