नेपाली जंगलमा सून जस्तै टलल टल्किएका पहेलपुर दानासरी देखिने फलहरुको राजा हो ऐसेलु । यो फल मात्र हैन एक अचुक जडिबुटी समेत हो । रुघा, खोकी, टाईफाईट जस्ता घातक रोगका औषधि बनाउनपनि यसको प्रयोग हुन्छ ।विश्वको महंगो वाईनपनि यही फलबाट बन्दछ ।
अब जंगलमा ऐसेलु खाने बेला भएको छ । ऐसेलुसँग नेपाली पहाड र नेपाली मनमा एउटा गहिरो नाता छ । यसपटक पनि ऐसेलु फलेर भ्याइन आँट्यो । बनैलाई पहेँलपुर बनाएर फल्ने यस फल काँढा भित्र लुकेको एउटा बुट्यान अझ भनौ झाडीभित्र पाइन्छ ।अग्रेंजीमा गोल्डेन हिमालयन र्यास्पबेरि भनिने ऐसेलुको नेपालमा सामाजिक, सास्कृतिक अनि जिवनशैलीगत पहिचान धेरै छ ।
हामीमध्ये धेरैको बाल्यकाल ऐसेलुको याद वरिपरि घुमेको हुनसक्दछ, एसेलु टीप्न जाँदा काँढाले बनाएका खतहरु हामीमध्ये धेरैका हातमा हुनसक्दछन् ।विश्वको जुनसुकै कुनामा रहेपनि त्यो बाल्यकाल झल्को दिने ऐसेलुलाई प्यारो गरी सेयर गरेर आफ्नो वालमा सुरक्षित गरौँ ।
यो पनि – जंगली फल ऐसेलु संकलन साथै विक्री गरि गाउ“का कृषकहरुले दुई महिनाको अबधीमा एक करोड बढी आम्दानी गरेका छन्। स्थानीयहरुले जंगलमा टिपेको ऐसेलु संखुवासभाको टुटेमा सञ्चालित मकालु वाइन कम्पनीलाई विक्री गरि यती धेरै रकम हात पारेका हुन्।
पेय पदार्थ वाइन् बनाउनका निम्ती प्रयोग हुने कच्चा पदार्थ ऐसेलु विक्री गरेर लालिगुराँस नगरपालिका सुङनामका कृषक पुन्य तिम्सिनाले दुई लाख बढीको आम्दानी गरे। यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, बसन्तपुर, फुलेक, दागपा, काटे लागायतका बासिन्दाले ऐसेलु विक्रि गरेर ५० लाख भन्दा बढी भित्राएको बताउँछन्।
संखुवासभाको तामाफोक नौ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका वासिन्दाका लागि ऐसेलु विक्री गरेर गाउ“मै करोडौं रुपैंया भित्र्याउने माध्यम बनेको छ।यस वर्ष वैशाखको दोश्रो सातावाट जंगलमा फलेको ऐसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदीम, हमरजुङ, फुलेक,
लगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाख बढी रुपैंया गाउ“मा भित्र्याएको उद्योगका संचालक सुजन श्रेष्ठले बताए। उनका अनुसार ‘ऐसेलुवाट उद्योगले ‘हिंवा’ ब्राण्डको वाइन उत्पादन हुने गरेको छ । जंगलमा निशुल्क टिप्न पाईने ऐसेलु प्रति केजी ५० रुपैंयाँ सम्ममा विक्री भए पछि किसानले नीजि र सामुदायीक वनमा ऐसेलुको व्यवसायीक खेती समेत सुरु गरेका छन् ।
गाउ“लेले ऐसेलु खरीद गरेर उद्योगलाई विक्री गर्ने विचौलीयाहरुले समेत दुई महिनाको अवधिमा लाखौं रुपैंया कमाई गरेका छन्।ऐसेलुबाट किसानले राम्रो आम्दानी गर्न थालेपछि बन कार्यालयले समेत सामुदायीक बन मार्फत ऐसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहीत गरीरहेको तेह्रथुमका सहायक बन अधिकृत ललन यादवले बताए।
गाउलेले जंगलमा टिपेको ऐसेलु खरीद गरेर उद्योग सम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन्। उनीहरुले गाउ“ले संग प्रतिकेजी ५० रुपैंयामा ऐसेलु खरीद गरेर उद्योगलाई ६० रुपैंयाका दरले विक्री गर्दै आएका छन् । गाउलेले टिपेर ल्याएको ऐसेलु केलाउने,
ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा एक सय वढी युवा युवतीले रोजगार पाएका छन् ।जंगली वन पाखामा फली सकेर त्यसै खेर गईरहेको ऐसेलुवाट तयार भएको वाइनको पछिल्लो समय युरोपियन मुलुकबाट समेत माग आईरहेको उद्योगले जनाएको छ ।
तर जंगली फल ऐसेलु मौषममा आधारीत हुने भएकाले सधै एकैनासले उत्पादन हुदैन। कच्चा पदार्थ ऐसेलुको उत्पादनमै उतार चढाव भैरहने हुनाले मागे जती उत्पादन बजारमा पठाउन नसकीएको संचालक श्रेष्ठको भनाई छ। ऐसेलुबाट उद्योगले अहिले वार्षिक एक लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ।