काठमाडौं । भारतको मध्य प्रदेशको भिण्ड जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक युवतीले दाजुसँग झगडापछि मोबाइल निलिन् । पेटमा गहिरो दुखाइका कारण युवतीलाई भिण्ड जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
एक्स-रेमा केटीको पेटमा मोबाइल फोन रहेको पुष्टि भएपछि उनलाई शल्यक्रियाका लागि ग्वालियर जिल्ला अस्पतालमा रिफर गरिएको थियो। यहाँ ६ चिकित्सकको टोलीले २ घण्टाको शल्यक्रियापछि युवतीकोको पेटबाट मोबाइल निकालेका छन् । युवतीको ज्यान खतरामा पर्न सक्ने चिकित्सकहरुले बताएका थिए ।
वास्तवमा अनौठो घटना भिण्ड जिल्लाको अमायन सहरको हो । यहाँ १८ वर्षीया युवतीको दाजुसँग कुनै विवादमा झगडा भएको थियो । रिसाउँदै उसले मोबाइल निलिन् । चाइना मेड किप्याड मोबाइल निलेको केही समयपछि उनको पेटमा असहज पीडा हुन थाल्यो । आत्तिएपछि परिवारका सदस्यले उनलाई तत्काल भिण्ड जिल्ला अस्पताल लगे ।
सबै कुरा चिकित्सकलाई बताएपछि युवतीको एक्सरे गरियो । रिपोर्टमा उनको पेटमा मोबाइल भेटिएको थियो । घटना गम्भीर देखिएपछि उनलाई भिण्डबाट ग्वालियर जयारोग्य अस्पतालमा रिफर गरिएको थियो। यहाँ आएपछि केही अनुसन्धानपछि डाक्टरले मोबाइल निकाल्नको लागि शल्यक्रिया गर्नुपर्छ, नत्र ज्यान नै खतरामा पर्न सक्ने बताए ।
जयआरोग्य अस्पतालको शल्यक्रिया विभागका ६ चिकित्सकको टोली युवतीको पेटबाट मोबाइल निकाल्ने शल्यक्रियामा जुटेको हो । दुई घण्टासम्म चलेको ओपन सर्जरीपछि मोबाइल निकालिएको हो । जेएएचमा यस्तो शल्यक्रिया गरिएको यो पहिलो पटक थियो। जयआरोग्य अस्पतालका सुपरिटेन्डेन्ट डा आरकेएस धाकडले युवती समयमै अस्पताल नपुगेको भए ज्यान जोखिममा पर्न सक्ने बताए ।