काठमाडौं । यूरिक अम्ल तथा युरिक एसिड एक कार्बनिक यौगिक हो, जो कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन तत्वहरूबाट बनेको हुन्छ । युरिक एसिड हुँदा जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ । शरीरमा यस्तो लक्षण भए बुझ्नुस् युरिक एसिड बढ्यो
दाल: गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिकएसिड बन्छ ।
सागसब्जी: कुरिलो, फूलगोभी, बन्दा, पालुुङ्गो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका साथै यी फलफूल र तरकारीमा आक्जलेट को मात्रा पनि बढी पाइन्छ ।
माछा-मासु: युरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्की को मासु मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।
कोल्ड ड्रिंक: कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ । फ्रूक्टोज-स्वीटण्ड-ड्रिंक, मह पानी, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रू क्टोज पाइन्छ । यसले एटीपी लाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
अचार: तामा , गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन ।
मदिरा: रक्सि, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन युरिक एसिडमा वर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनको साथैै शरिरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पुर्याउँछ ।
जंक फूड: जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूड मा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ । जंकफूड ज्यादा खादा तौल बढ्न गई युरिक एसिड बढ्ने समस्या आउँछ ।
समुन्द्री खाना: विशेषगरी झिंगे माछा (प्राउन), लोवस्टोर , ट्यूना, एन्कोभिज प्र्रजातीका माछा र अन्य समुन्द्री वनस्पतिबाट बनाइने खानेकुरामा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिडमा हानिकारक मानिन्छ ।