काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फसाउन फेरि अर्को षड्यन्त्र बाहिर आएको छ ।
खुट्टामा काँढा बिझेर निकाल्न मात्र निहुरिएको हुँ, झुकेको हैन भन्ने अभिव्यक्ति दिएको केही दिनमा नै उहाँ विरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ ।
लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ ।
प्रवक्ता बिमल पौडेलले भन्नुभयो, ‘रिट आइपुगेको छ, अध्ययनपछि केही सच्याउनपर्ने भएकाले उहाँ (युवराज सफल) ले फेरि लिएर जानु भएको छ ।’
रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताउनुभयो । अझै कसिलो बनाउन सर्वोच्च प्रशासनले थप जानकारी दिएर सफललाई पठाएको स्रोतको दावी छ । अदालत भित्रबाट नै रविलाई जसरीपनि अप्ठ्यारोमा पार्नेगरी पो काम भइरहेको हो की भन्ने आशंका रविका पक्षले गरेका छन् ।
प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।
प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछाने विरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको रिट निवेदन सर्वोच्च अदालत पुगेको हो ।
नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसद पद गुमाउनुभएको थियो । पछि नयाँ नागरिकता बनाएर उहाँ चितवनबाट बैशाख १० निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । यसलाई धक्का दिन फेरि षड्यन्त्र भएको रवि निकटको आशंका छ ।