काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ८ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ ।