काठमाडौँ । वर्तमान समयमा आफ्नो तौल बढाउनका लागि मानिसहरू निकै लागि पर्छन्। दुब्लोपनबाट निराश भएका मानिसहरू आफ्नो तौल बढाउन र मोटाउनका अनेक कामहरू गर्छन्, चिन्ता लिन्छन्।
यहाँ हामीले सहजै तौल बढाउनका लागि सहयोग मिल्ने टिप्सहरू राखेका छौं । जसले दुब्लोपनबाट विरक्तिएका मानिसहरूलाई सहज हुन सक्छ ।
केरा
तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्छ भने केरा बढी प्रभावकारी हुन सक्छ । यो केवल पौष्टिक तत्वमात्र हैन यसमा काब्र्स र क्यालोरीसमेत धेरै पाइन्छ। एक सामान्य केरामा १०५ क्यालोरी, प्रोटिन १ ग्राम, फ्याट ०.४ ग्राम, काब्र्स २७ ग्राम, फाइबर ३ ग्राम र २६ प्रतिशत भिटामिन बि-६ पाइन्छ । ओटमील तथा दहीको साथमा केरा खानाले तौल बढाउनमा सहयोग मिल्दछ ।
नरिवल
नरिवलमा धेरै प्रकारमा गुणहरू पाइन्छन् । यसमा क्यालोरी, फ्याट तथा काब्र्सको मात्रा पनि धेरै नै हुन्छ जसले तौल बढाउन मदत मिल्छ । २८ ग्रामको नरिवलमा ९९ क्यालोरी, १ ग्राम प्रोटिन, ९.४ ग्राम फ्याट, ४.३ ग्राम काब्र्स,, २.५ ग्राम फाइबर तथा ५ प्रतिशत सेलेनियम पाइन्छ । यसलाई सलादमा मिसाएर खान सकिन्छ ।
आँप
आँप एक स्वादिष्ट तथा पोषक तत्वले भरिपूर्ण फल हो । केराले जस्तै आँप पनि क्यालोरीको राम्रो स्रोत हो । १ सय ६५ ग्राम (एक कप( आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटीन, ०.६ ग्राम फ्याट, २५ ग्राम काब्र्स, ३ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी पाइन्छ। यसका साथै आँपमा भिटामिन बी, ए र इ पनि पाइन्छ । जसले मोटोपनलाई सहयोग गर्छ।
एभोकार्डो
एभोकार्डोमा धेरै प्रकारका पोषक तत्वहरू पाइन्छ । यसमा क्यालोरी र फ्याटको मात्रा धेरै पाइन्छ । एक मध्यम आकारको एभोकार्डोमा १६१ क्यालोर, २ ग्राम प्रोटीन, १५ ग्राम फ्याट, ८.६ ग्राम काब्र्स, ७ ग्राम फाइबर, १७.५ प्रतिशत भिटामिन के पाइन्छ। साथै यसमा पोटाशियम, भिटामिन सी, बी५ र बी६ पनि पाइन्छ ।
ड्राई फूड्स
ड्राई फूड्समा धेरै प्रकारका पौष्टिक तत्व पाइन्छ। ड्राई फूड्समा इनर्जीका साथ साथ तौल बढाउने पनि शक्ति हुन्छ। यसमा नेचुरल शुगर धेरै हुन्छ यसले फ्याट तथा प्रोटिनलाई मिलाउँछ। ड्राई फूड्समा बदाम, काजु, किसमिस मिसाएर सेवन गर्नु लाभदायक हुन्छ ।