काठमाडौं -‘कामिनो’मा सौगात मल्ल पनि भित्रिएका छन् । राजबल्लभ कोइराला र नीति शाहपछि अब फिल्ममा सौगात मल्ल भित्रिएका हुन् । फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।
फिल्मलाई दीपक वलीको निर्देशन गर्नेछन् । दुई सपरस्टार सौगात र प्रदीप एकसाथ एउटै फिल्ममा देखिन लाग्नु दर्शकका लागि ठूलो ‘सरप्राइज’ भएको छ । अहिले सौगात शुक्रबारबाट पशुपति परिसरमा छायांकन भइरहेको फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’मा व्यस्त छन् ।
जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
फिल्मको छायांकन नेपालका साथै ल्याटिन अमेरिकाका विविध स्थानमा हुनेछ ।तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ ।