ल्यान — काम गर्ने क्रममा घरबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौर घर भएका अन्दाजी ४४ वर्षीय डिल्लीबजार चनाराको मृत्यु भएको हो ।
शारदा नगरपालिका १ श्रीनगरस्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर खसेका उनको जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
उनका अनुसार चनाराको टाउको गहिरो चोट लागेको थियो । टाउकोमा चोट लाग्दा उनी बेहोस भएका थिए । छतबाट खस्नेबित्तिकै स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।
घरबाट खसेर मृत्यु भएका चनारालाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।