काठमाडौं । विगत १० वर्षदेखी अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका जिवन दाहालको पहलमा नेपालस्थित सुनसरीको धरान उपमहानगरका नगर प्रमुख हर्क साम्पाङ अष्ट्रेलिया जाने भएका छन । धरानको खानेपानी लगायतका पूर्वाधार विकासमा सहयोग जुटाउने
अभियानका क्रममा जेठ अन्तिम साता मेयर साम्पाङ अष्ट्रेलिया जान लागेका हुन् ।अष्ट्रेलिया निवासी दाहालको पहलमा करिब एकसाता लामो भ्रमणका लागि धरान उपमहानगरका मेयर साम्पाङ अष्ट्रेलिया जाने र सो समयमा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ ।
कार्यक्रम मार्फत फण्ड संकलन गरिने र उक्ता संकलित रकम खानेपानी लगायतका पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने जनाइएको छ । असार पहिलो साता भनिएपनि भ्रमण मिति एकिन गर्न बाँकी रहेको छ । सञ्चारकर्मी समेत रहनुभएका अभियन्ता दिनेश डीसी समेत मेयर साम्पाङको साथमा अष्ट्रेलिया जाने भएका छन् ।
लाहुरी टीभीको पहलमा जुन १६ र १७ तारेखमा सिड्नीमा फेस टु फेस वीथ हर्क साम्पाङ कार्यक्रको आयोजना गर्नेगरि तयारी थालिएको छ । कार्यक्रमको मिति केही हेरफेर हुनसक्ने समेत बताइएको छ । धरानका नगर प्रमुख साम्पाङले सरकारलाई भार नपर्नेगरि आफ्नै खर्चमा अष्ट्रेलिया जाने सामाजिक सञ्जाल फेसबुक मार्फत समेत घोषणा गरेका छन् ।
जनश्रमदान मार्फत खानेपानी, बाटो लगायतका पूर्वाधार विकासमा योगदान दिदै आउनुभएका मेयर हर्क आफ्नो खरो बोलि र फेसबुक स्ट्याटसका कारण बेलाबेलामा बिवादमा समेत पर्दै आएका छन् । सरकारली लगानी भन्दा श्रमदानमार्फत नगर क्षेत्रको विकास गर्नुपर्ने पक्षमा रहेका मेयर साम्पाङ धेरैका लागि रोलमोडल बन्दैआएका छन् ।
यो पनि – सिड्नीमा बृद्धाबृद्धालाई कु’ टपीट गरेको स्विकार गरेकी एक नेपाली मुलकी एआईएन नर्सलाई ८ महिनाको कारागार सजाएको फैशला सुनाएको छ । मार्च १७ मा सिड्नीको पारामाटास्थित स्थानीय अदालतले ८ महिनाको कारागार सजाए
सुनाएपनि यी नर्सले हिरासतबाहिरै बसेर कैद भुक्तान गर्न पाउने भएकी छिन् ।समुदायमै बसेर सेवा मार्फत कैद सजाय भुक्तान गर्न पाउने छुट नेपाली मुलकी यी नर्सले पाएपनि यस्ता कानुन उल्लंघनका घटनामा संलग्न नहुन सचेत गराइएको छ । सन २०२२ मार्च ३० मा
सिड्नीस्थित निवासबाट बृद्धबृद्धा कुटपिटको अभियोगमा सोधपुछका लागि पक्राउ गरिएकी नर्स मुद्धा अदालती प्रक्रियामा लगिएसँगै बाहिरै बसेर कानुनी ल’ डाईमा थिइन । प्रहरीले उनीमाथी गम्भिर अभियोग समेत लगाएकोमा पछि सामान्य कु’ टपीटको मात्रै मुद्धा अघि बढाइएको थियो ।
आफूले काम गर्ने नर्सिङ होममा बृद्धाबृद्धामाथी सामान्य कु’ टपीट गरिएको बारे भने स्वयम नर्सले स्विकार गर्नुभएको थियो ।हिरासत बाहिरै बसेर कैद भुक्तानी गर्नुपर्ने सुविधा यी नेपाली नर्सले पाएपनि आबेग वा रिसमा यस्ता कु’ टपिटका घटनामा संलग्न नहुने नेपाली समूदायका अग्रज बुद्धिजिविहरुले
सुझाब दिएका छन् । अदालती मुद्धाका क्रममा भोग्नुपर्ने सास्ती, बे’ इजती लगायतबाट बच्न कानुनको परिपालनामा विशेष ध्यानदिन कानुन व्यवसायीहरुले समेत सुझाब दिएका छन् । सामान्य गल्तीले हिरासत र अदालत पुग्ने भन्दा बेलैमा सचेत भएर गल्ती नै नगर्ने कि !