हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको छ ।बागमती, मधेश र कोशी प्रदेशका केही भू-भागमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।