काठमाडौं :
जब आयुर्वेदिक चिकित्साको कुरा आउँछ, सबैको दिमागमा जडीबुटीको स्मरण हुन्छ । मानिसहरु विश्वास गर्छन् कि पहाडमा पाइने बिरुवाबाट उपचार सम्भव छ ।त्यसैगरी जब यो आयुर्वेदिक विधिको
माध्यमबाट यौन स्वास्थ्यमा सुधार गर्ने कुरा आउँछ, त्यसमा सबैभन्दा अघि आउँछ शिलाजित र अश्वगन्धा ।धेरै मानिसहरु शिलाजित र अश्वगन्धालाई यौन स्वास्थ्यमा सुधार गर्न सहयोगीको रुपमा मान्छन् ।
जबकि यो यौन स्वास्थ्यको लागि मात्रै नभएर समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । कतिपयले शिलाजितलाई यौन स्वास्थ्यसँग जोडेर हेर्ने गर्छन् । शिलाजित शताब्दीयौंदेखि मानव स्वास्थ्य सुधारका लागि प्रयोग गरेको पाइन्छ ।
शिलाजित के हो ?
संस्कृतमा शिलाजित शब्दको अर्थ पर्वतको मणि भन्ने हुन्छ । यसलाई शक्तिशाली खनिज पदार्थको रुपमा चिनिन्छ ।शिलाजित पत्थरबाट उत्पन्न भएको खनिज पदार्थ हो । घाम लागेर भएको प्रचण्ड गर्मीका कारण
पहाडको धातुकाे भाग पग्लिएर पहाडबाट बाहिर निस्किएको पदार्थ नै शिलाजित हो ।त्यो तरल शिलाजित सुकेपछि चम्किलो ढुंगा जस्तै देखिन्छ । यही पदार्थ मान्छेको प्रजनन क्षमता बढाउन उपयोगी मानिन्छ ।
शिलाजितका अन्य कामहरु
दिमागी कार्यको बढावा दिन सहयोगीशिलाजितमा पाइने कैयौं पदार्थले दिमागको प्रणाली सुधारको लागि सहयोग गर्ने गर्छ । कतिपयले यसलाई अल्जाइमर थेरापीमा पनि सहायक रहेको मान्छन् ।
इन्टरनेशनल जर्नल अफ अल्जाइमर डिजिजको एक अध्ययनमा भनिएको छ कि शिलाजितको उपयोग उमेर बढ्ने प्रक्रियालाई कम गर्नको लागि प्रयोग गरिन्छ ।फुल्विक एसिड शिलाजितको प्रमुख यौगिक हो, जसले रगत शुद्ध गर्न सहयोग गर्छ ।