काठमाडौँः केही वर्षअघि उपमहानगरपालिका–६ निवासी शिव र विनाका छोरासँग आरतीको बिहे भयो। उनका लागि बिहे गरेर आएको घर नै एउटा संसार बन्यो। उनले सासू–ससुराको रूपमा बुबाआमा नै पाइन्। सानो परिवारमा उनी हाँसीखुसी थिइन्।
समय सधैँ उही रहेन। बिहेको केही वर्षमा उनका पति बिरामी परे, क्यान्सर भएको टुंगो लाग्यो। अन्ततः शिव र विना श्रेष्ठका एक मात्र सन्तान, आरतीका पतिको मृत्यु भयो। परिवारमा अन्धकार छायो। समयको खेल न हो, सहनै पथ्र्यो। शिव–विना र आरतीले पनि सहे। समय बित्दै जाँदा घाउमा खाटो बस्दै गयो। छोराको मृत्युपछि शिव–विनाको सहारा बनिन् बुहारी आरती। पतिको मृत्युपछि पनि उनले घर छाडिनन्, सासूससुरासँगै बसिन्। हेर्नुस –