काठमाडौँ |
घाँटीको माथिल्लो भाग र जिब्रोको तल्लो भागको बिचमा एक ग्रन्थी हुन्छ । जसबाट पाचक र रोग निरोधक रस निस्किन्छ, यसलाई टन्सिल भन्ने गरिन्छ ।म्यारिल्याण्ड विश्वविद्यालयका अनुसार टन्सिलबाट लिम्फोसाइट मानोसाइट कोषको निर्माण हुन्छ,
जसले रोग प्रतिरोधात्मक क्षमतामा विषेश भूमिका खेलेको हुन्छ। यी कोषका कारण हाम्रो शरीरमा हुन सक्ने संक्रमणबाट जोगाउँछ।घाँटी दुख्ने, कान दुख्ने, खाना निल्न असजिलने हुने, घाँटीको माथिल्लो भागमा स–सना घाउ आउने र यस्ताखाले विभिन्न संक्रमण भएर घाँटी सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।
जसले गर्दा टन्सिल वरिपरी पिप जम्मा भएर वाथ ज्वरो आउने लगायत विभिन्न समस्या हुन सक्ने डाक्टर बताउँछन् ।ग्रन्थीले राम्रोसँग काम गर्न नसक्दा बालबालिकामा शारीरिक र मानसिक समस्या देखिन्छ ।
यस्तै वयस्क उमेरमा पनि ग्रन्थीको असन्तुलित अवस्थाका कारण रक्तअल्पता, शारीरिक दुर्वलता, स्मरणशक्तिमा ह्रास आउने गर्छ ।प्राय यो समस्या खानपानमा ख्याल नदिँदा देखिन्छ । धरै चिसो र धेरै तातो, अत्याधिक मात्रामा गुलियो र अमिलो पर्दाथ सेवनका कारण पनि टन्सिलाइटिस हुने डाक्टर बताउँछन् ।
टन्सिल बिग्रिएमा कारण शरीरमा आयोडिनको कमी भएर गलगाँड जस्ता समस्या देखिने गर्छ । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । त्यसलै टन्सिलको शंका हुने बित्तिकै विषेशज्ञलाई देखाउनु पर्छ।
कसरी उपचार गर्ने ?
नुन मिश्रति तातो पानीले कुल्ला गर्ने
टन्सिल हुँदा तातो पानीले कुल्ला गर्नु सबैभन्दा प्रभावकारी उपाय हो । पानीलाई मनतातो बनाएर त्यसमा अलिकति नून हाल्ने । र, त्यसले दिनमा तीन-चार पल्ट कुल्ला गरौं । नूनिलो पानीले कुल्ला गर्दा टन्सिल सुन्निन कम हुन्छ र दुखाईमा पनि राहत मिल्छ ।
बेसार पानी खाने
बेसारले भित्री संक्रमणबाट बचाउन प्रभावकारी काम गर्छ । यो प्राकृतिक एन्टिबायोटिक्स नै हो । बेसार शुद्ध चाहि हुनुपर्छ । शुद्ध किन भनिएको भने, अहिले बजारमा पाइने बेसारमा अनेक मिश्रण हुन्छ । त्यसैले गाउँघरको बेसार प्रयोग गरौं । बेसारलाई तातो पानीमा घोल्ने र त्यसले कुल्ला गर्ने वा खाने गरौं । यसले प्रभावकारी काम गर्छ ।
तुलसी चपाउने
तुलसी बहुगुणी वनस्पती हो । टन्सिल भएको अवस्थामा तुलसी चपाउनुपर्छ, राहत मिल्छ । साथै यसलाई पानीमा उमालेर पनि पिउन सकिन्छ । पानी पिइसकेपछि बाँकी रहेको पात पनि चपाउनुपर्छ ।
मह र दालचिनी
दालचिनीमा दुखाई कम गर्ने तथा महमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले यी दुवै टन्सिलमा फाइदाजनक हुन्छन् । यसका लािग अलिकति दालचिनी पिस्नुस । त्यसपछि दुई चुट्की दालचिनीलाई एक चम्चा महमा मिसाएर दिनमा तीन पटक सेवन गरौं। यसबाट दुखाई भाग्छ र सुन्निन पनि कम हुन्छ।
हर्बल चिया
हर्बल चिया पिउँदा पनि टन्सिलको समस्याबाट छिट्टै छुट्कारा पाउन सकिन्छ। टन्सिलका कारण टन्सिलाइटिसको संक्रमण हुन्छ र हर्बल चियाले यसमा जमेको ब्याक्टेरिया र किटाणु बिस्तारै बिस्तारै मारिदिन्छ । यसले गर्दा घाँटी सुन्नि कम हुन्छ र दुखाई पनि ठिक हुन्छ ।हर्बल चिया बनाउनका लागि ग्रीन टीमा ल्वाङ, अलैंची र दालचीनी मिलाएर पिउन सकिन्छ । यसका साथै अदूवा र महयुक्त चिया पनि टन्सिलको उपचारमा प्रभावकारी हुन सक्छ।