काठमाण्डाै – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् ।
ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले दुर्घटनामा दुई जना महिला, दुई जना पुरुष र एक जना बालककाे ज्यान गएकाे जानकारी दिनुभयाे ।
घाइतेहरुलाई खुर्कोट अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताउनु भएकाे छ ।
दुर्घटनाको थप जानकारी आउन बाँकी रहेकाे उहाँले बताउनु भयाे ।