काठमाडौं । शुक्रबार फागुन २६ गते सुनको मूल्य बढेको छ । उक्त दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख १८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १००० रुपैयाँ तेजावी सुन प्रतितोला १ लाख ५०० रुपैंयामामा कारोबार भएको थियो । यसैगरी, चाँदीको भाउ यथावत रहेको छ । आज चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।