२६ साउन, काठमाडौँ । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि विभागको भिसा सम्बन्धि सेवा बन्द गरिएको छ ।विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेश निषेध गरिएको छ ।
विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।