काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख २ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।