पौष्टिक खाना खान बाहेक, शरीरलाई अन्य भिटामिन र खनिजहरूको आवश्यकता पर्दछ जब तपाईं खानाबाट प्रशस्त मात्रामा पाउनुहुन्न, ड्राई फुडहरूले पौष्टिक तत्त्वहरूको अभाव पुरा गर्दछ ।
ड्राई फुडहरु मध्येमा एक बदाम पनि पर्दछ । बदाम प्रोटीन, फ्याट, भिटामिन र खनिजको धनी हुन्छ जसले शरीरको विकासमा मात्र मद्दत गर्नुका साथै शरीरलाई बलियो समेत बनाउँछ तर त्यहाँ त्यस्ता केही व्यक्ति पनि छन्, जसका लागि बदाम खानु समस्या निम्ताउनु सरह हुन्छ जुन यश प्कार रहेकाे छ:-
१) पा-चन समस्याबाट पीडित:- धेरै मानिसहरूलाई पा-चनको समस्या हुन्छ । यदि तपाईं पनि यस प्रकारको समस्याको सिकार बन्नु भएको छ भने बदाम खान छोड्नुहोस् । यसका पछाडिको कारण के हो भने बदाममा प्रोटीन र भिटामिनहरू पर्याप्त मात्रामा पाइन्छ । त्यस कारणले गर्दा तपाईलाई यो प-चाउन अधिक समस्या हुन सक्छ । यस बाहेक, एसिडिटी समस्या भएकाहरूले पनि बदाम खानु हुँदैन । यसमा फाइबर उच्च हुन्छ, जसले ग्यास्ट्रिकलगायत पेटसम्बन्धि समस्याहरू निम्त्याउन सक्छ ।
२) तौल घटाउन:- यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने बदामदेखि टाढा बस्नुहोला । यदि तपाईं आफ्नो तौल कम गर्न चाहानुहुन्छ भने बदाम नखानुहोस् । बदामलाई आहारमा समावेश गर्नुभएको छ, भने आजदेखि नै यसलाई बन्द गर्नुहोस् किनभने बदाममा क्यालोरी र फ्याट बढी हुन्छ । यस्तो अवस्थामा, यसको अधिक सेवन, तपाईंको तौल घटाउनुको सट्टा बढाउने कुरामा लाभदायक हुनसक्छ ।
३) उच्च रक्तचाप भएका मानिसहरु:- आजकल धेरै जसो मानिसहरूलाई उच्च रक्तचापको समस्या हुन्छ । यस रोगबाट पीडित व्यक्तिहरूले बदामको सेवन गर्नबाट बच्नुपर्छ । यसका पछाडिको कारण के हो भने उच्च रक्तचाप भएका बिरामीहरूले रक्तचाप नियन्त्रण गर्न औषधी लिन्छन् । त्यस्तो अवस्थामा बदामको सेवन उनीहरूको स्वास्थ्यको लागि लाभदायक हुँदैन् ।
४) मिर्गौलामा बिरामीहरु:- बदाममा पर्याप्त मात्रामा ओक्सालेट तत्व पाइन्छ । जसलाई पित्ताशय, मिर्गौला, पत्थरी रोगसँग ल-ड्दै गरेकाहरुले पनि बदाम खानुहुँदैन । बदाममा भएको ओक्सालेट तत्वको साइड इफेक्ट हुन सक्छ ।