काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख २ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार २ सय ७५ रूपैयाँ कायम भएको छ ।