काठमाडौं :
शीघ्र वीर्य स्खलनको कारण: तपाईंलाई थाहै हुनुपर्छ, प्राय सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा शीघ्र वीर्य स्खलन भएको अनुभव गरेका हुन्छन् । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा चाँडो वीर्यस्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ ।
योनिमा घर्षण नै गर्न नपाई योनिमौ वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो ।कतिपयले सामान्य समय सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्छन् ।
महिलालाई चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएको भान पर्छ । यसको पक्का कारण यही नै हो भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ ।
कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको विषय हुनसक्छ । आफ्नो यौन जोडीलाई सन्तुष्ट तुल्याउन सक्दिन कि भन्ने चिन्ता हुँदा यसले समस्या थप चर्काउँछ । विरलै भए पनि केही psychotropic drug को प्रयोग नै यस्तो समस्याको कारण त होइन भनेर केलाउन बिर्सनु हुँदैन ।
समाधानका लागि के गर्न सकिएला ?
आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन ।
धेरै चिन्ता गर्दा समस्या थप वृद्धि हुनसक्छ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने समाधानको उपाय खोज्नुपर्ने हुन्छ ।
यो समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् ।
१. यौनसम्पर्क रोक्ने–सुरु गर्ने :यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग बाहिर झिकेर केही वेर यौनक्रीडा रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने ।
२. आसन परिवर्तन: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन कम गर्न मद्दत मिल्छ ।
३. लिंग अँठ्याउने: यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । केही बेरमा यौन उत्तेजना कम भए पछि पुनस् सुरु गर्ने ।
४. कन्डम प्रयोग गर्ने : कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ ।
५. मांसपेशीको प्रयोग : पिसाब आउँदा रोक्ने प्रयास गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा मिल्छ ।
६ औषधीको प्रयोग : अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन् । यस्ता औषधी लिंगमा प्रयोग गर्दा शीघ्र स्खलन कम गर्न मद्दत पुग्छ ।
७. वीर्य स्खलन नियन्त्रणको अभ्यास : दीर्घकालीन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिङ्गलाई चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने तथा उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र यो प्रक्रिया दोहार्याउने ।
वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी)सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने । वीर्य स्खलन होला जस्तो भएपछि यो क्रियाकलाप रोक्ने र उत्तेजना
केही कम भएपछि पुनस् सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकलाप अघि बढाउने । यो प्रक्रियामा समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ । यो उपाय दीर्घकालीन समाधानमा लाभदायक हुन सक्छ ।
दीर्घकालीन समाधानको कुरा
तपाईंलाई थाहै हुनुपर्छ, धेरैजसोले यौनसम्पर्क राखे पनि वीर्य स्खलनलाई पुरुषको यौन कार्य सक्षमताका रूपमा लिन्छन् । यसरी शीघ्र स्लखन हुँदा यौन कार्य राम्रोसँग सम्पादन गर्न नसकेको मानिन्छ ।
महिलालाई यौन सुख दिन नसकेको भन्ने मानेर दुखी हुने मात्र होइन, आत्मसम्मानको समस्या समेत देखापर्न सक्छ । महिलाले पनि शीघ्र स्खलन हुँदा आफ्नो पार्टनरले
मलाई यौन सन्तुष्टि दिन सक्दैन भन्ने मान्न सक्छन् । यौन कार्य सम्पादनको चिन्तालाई नियन्त्रण गर्नु एउटा महत्वपूर्ण पक्ष हो । कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ ।
कुनै कार्य ठिक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै चिन्ता बढेर कार्य सम्पादन क्षमता मै ह्रास आउन थाल्छ । यो स्थितिमा वीर्य स्खलनमा मात्र केन्द्रित रहेर यौनसम्पर्क गरिन्छ ।
कार्य सम्पादनको चिन्ता भएको स्थितिमा समस्या अझ चर्कन्छ ।यस्तो स्थितिमा पहिले गरिने स्पर्श, चुम्बन, सुमसुम्याई वा पाक्क्रीडाजस्ता क्रियाकलाप पनि कम भएर जान्छन् । यसले गर्दा पुरुषमा मात्र होइन,
महिलामा समेत मानसिक तनाव हुन्छ । यसले सम्बन्धको सुमधुरतालाई नै समस्यामा पार्न सक्छ । यस्तो स्थितिमा दुवैले राम्रोसँग कुराकानी गरेर तनावरहित वातावरणमा समस्याको समाधान खोज्नुपर्छ ।