काठमाडौं । मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।
बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए।
तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई तत्काल उद्धार बीएण्डसी हस्पिटल पुर्याइएको थियो ।
आत्मदाहको प्रयास गरेका उनको शरीरको पछाडिको जलेको बताइएको छ। के कारण उनले आत्मदाह प्रयास गरे त्यो खुलेको छैन ।