काठमाडौं : लक्ष्मी बैंक र सनराइज बैंकले आपसमा मर्ज गर्ने सम्झौता गरेका छन् । आज अपराह्न भएको सम्झौता अनुसार २ बैंक १ः१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेका हुन् ।
सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । प्रारम्भिक सम्झौताअनुसार यी २ वाणिज्य बैंक बराबरी हैसियतमा आपसमा गाभिने छन् ।
मर्जरपछि बन्ने नयाँ बैंकको नाम लक्ष्मी सनराइज हुनेछ । सम्झौतापछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ ।