गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी छन् ।
आइतबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो रहेको भन्दै त्यसतर्फ उजुरी गर्न सक्ने संकेत देखाएकी छन् ।
उनले लेखेकी छन्, ‘मान्छेहरू हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरू देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केही बेरको हुस्सु र तुवाँलोले त्यति ठुलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।’
उनको यो पोस्टमा पनि सकरात्मक भन्दा बढी नकरात्मक कमेन्टहरू देख्न सकिन्छ । बढी नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समय सामाजिक सञ्जालबाट टाढा भएकी थिइन् ।
गायिका अधिकारीले हिम्मत जुटाएर पुन: आफ्नो क्षेत्रमा फर्केको भन्दै उनको चर्चा परिचर्चा गर्नेहरूको पनि बाहुल्यता रहेको देखिन्छ ।