काठमाडाैँ, पुस ११
अस्पताल भर्ना गरिएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ ।
उनीसँग निकट कमल सरगमले सचिनको स्वास्थ्यमा सुधार आएर आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिए । स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो । सचिन पछिल्लो समय काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका थिए ।
भाइरल बाल कलाकारको रुपमा परिचित सचिनले केही लोकदोहोरी गीत समेत गाएका छन् । भिडियो एवं टेलिसिरियलमा अभिनय गरेका उनले अभिनेता राजेश हमालसँग समेत म्युजिक भिडियो खेलेका छन् । उनी एकताका मेलामहोत्सवमा समेत खोजिन्थे ।
उनका भिडियोले पनि युट्युबमा लाखौं भिउज पाउँदै आएका छन् ।