झापा, असोज २३ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा एमालेको समर्थनमा आज बिहान झापाको निर्वाचन क्षेत्र नं ३ बाट लिङ्देनले उम्मेदवारी दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा माधव पोखरेल, समर्थक एमालेका लक्ष्मण पाठक बस्नुभएको छ । सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिनुभएको छ । अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित हनुभएको थियो ।
प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। एमालेका निर्वाचन क्षेत्र १ मा बसन्त बानियाँ र २ मा छविलाल चुडाँलले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।