काठमाडौं । फिल्म प्रसाद २ का निर्माता सुवास थापाले अभिनेता विपिन कार्कीविरुद्ध फिल्म सम्बद्ध संस्थामा उजुरी दिएका छन् । विपिनसँग काम गर्ने सहज वातावरण बनाइदिन माग गर्दै उनले चलचित्र निर्माता संघ र चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् । चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ ।
कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै क्षतिपूर्तिसहित काम गर्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ ।