काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय तोकिएको छ।
बुधबार प्रति तोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ५ सयले बढेर प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर रु एक हजार एक सय ७५ तोकिएकोे महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।